मङ्सिर २९, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप १३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को इलाममा ७ जना, झापामा २६ जना, ताप्लेजुङमा १ जना, पाँचथरमा २ जना, तेह्रथुममा २ जना, धनकुटामा १ जना, सुनसरीमा ३३ जना, मोरङमा ५५ जना, उदयपुरमा १ जना, खोटाङमा १ जना, ओखलढुंगामा २ जना र सोलुखुम्बुमा ३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ८२१ जनामा कोरोना संक्रमण देखिएको र ८४२ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप १८ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post