मङ्सिर २९, याङ्वरकफोकस / भरतपुरको मालपोत कार्यलयका लेखा अधिकृत रिठ्ठे दर्जीलाई भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार दर्जीविरूद्ध सात करोड ८ लाख १७ हजार ३७ रुपैयाँ बिगो माग दाबी लिई मुद्दा दायर गरेको हो ।
दर्जीले उक्त राजस्व रकम बैंकमा दाखिला नगरी हिनामिना गरेको, सम्बन्धित बैंकको सरकार छाप र कर्मचारीको दस्तखत कीर्ते गरी सो बराबरको रकम भ्रष्टाचार गरेको अख्तियाको अनुसन्धानले देखाएको छ।
उनलाई आन्तरिक लेखापरीक्षणका क्रममा २ करोड ५८ लाख ३ हजार २३१ र बाँकी रहन आउने रकम ४ करोढ ५० लाख १३ हजार ८०६ असुल र भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ११ अनुसार सजाय माग दाबी लिइएको अख्तियारले जनाएको छ ।
Discussion about this post