मङ्सिर ३०, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ११३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को इलाममा ५ जना, झापामा १९ जना, ताप्लेजुङमा १३ जना, पाँचथरमा २ जना, तेह्रथुममा १ जना, सुनसरीमा ३४ जना, मोरङमा ३३ जना, उदयपुरमा १ जना, संखुवासभामा १ जना, ओखलढुंगामा ३ जना र सोलुखुम्बुमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ९३६ जनामा कोरोना संक्रमण देखिएको र १९९६ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप १४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post