पुष १, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ५३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को इलाममा १ जना, उदयपुरमा १ जना, ओखलढुङगामा ४ जना, झापामा ११ जना, पाँचथरमा १ जना, भोजपुरमा १ जना, मोरङमा १४ जना, संखुवासभाका १ जना र सुनसरी १९ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ७३६ जनामा कोरोना संक्रमण देखिएको र ८२७ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post