पुष १, याङ्वरकफोकस / खोटाङको साकेला गाउँपालिका १ सेखुवाको खलेबारी जंगलमा बसिरहेका विप्लवका कार्यकर्ता हतियार सहित पक्राउ परेका छन् ।
सोलुखुम्बुको सोताङ गाउँपालिका ४ का २२ वर्षीय केबी तामाङ हतियार सहित पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा मंगलबार बिहानदेखि जंगल सर्च गर्ने क्रममा एक जना पक्राउ परे पनि अन्य भने भागेको डीएसपी नारायण प्रसाद चिमोरियाले बताए ।
जंगलबाट १ थान एकनाले भरुवा बन्दुक, पेस्तोलमा लाग्ने ७ राउन्ड गोली, लामो हतियारमा लाग्ने ६६ राउन्ड गोली, भरुवा बन्दुकमा लाग्ने केही छर्रा तथा बारुद, बेड समेत रहेको २ वटा टेन्ट, बिभिन्न कम्पनीका १७ थान मोबाइल, ८ थान चार्जर, १७ थान सिमकार्ड, ११ थान सहयोग रसिद लगायतका सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।
जंगलमा सर्च गर्ने क्रममा ३ जना ब्यक्तिहरु जंगलतर्फ भाग्दै गरेको अवस्थामा तामाङ पक्राउ परे पनि अरु भने भागेको प्रहरीले बताए ।
Discussion about this post