पुष २, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ६८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को सुनसरीमा ११ जना, मोरङमा ३४ जना, झापामा १५ जना, ताप्लेजुङमा २ जना, तेह्रथुममा १ जना, भोजपुरमा १ जना, उदयपुरमा २ जना, ओखलढुंगामा १ जना र संखुवासभामा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ७७६ जनामा कोरोना संक्रमण देखिएको र ९४७ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post