पौष २/ नेपालमा प्रिमियम स्पोर्टस् बाइकको क्रेजलाई मध्यनजर गर्दै एमभी अगष्टाको आधिकारीक वितरक भेलोसिटी प्रालिले बजारमा एमभी अगष्टाको ४ नयाँ मोडलहरु नेपाली बजारमा भित्र्याएको छ ।
कम्पनीले नेपाली बजारमा हालैमात्र ब्रुटाले ८०० आरआर, ड्रयागेष्टर ८०० आरआर पिरेली एडिशन, टुरिज्मो भेल्भो ८०० र ड्रयागेष्टर ८०० आरआर अमेरीका एडिशन भित्र्याएको हो ।
सन् १९०७ मा हवाइजहाज कम्पनीबाट थालनी गरेकोे एमभी अगष्टा इटालियन मोटरसाइकल उत्पादन गर्ने एक बहुप्रतिष्ठित कम्पनीको रुपमा स्थापित रहेको छ ।
यी ८०० सीसी इन्जिन क्षमताका मोटरसाइकले १४० हर्सपावर तथा ८७ एनएम टर्क जेनेरेट गर्छ । नेपाली बजारमा ब्रुटाले ८०० आरआरकोे मूल्य ४८ लाख ९० हजार, ड्रयागेष्टर ८०० आरआर पिरेली एडिशनको ५९ लाख ९० हजार ड्रयागेष्टर ८०० आरआर अमेरीका एडिशनको मूल्य ५७ लाख ९० हजार रुपैयाँ रहेको छ ।
त्यसै टुरिज्मो भेल्भोका रहेको ८०० सीसी इन्जिनले ११० हर्सपावर र ८० एनएम टर्क जेनेरेट गर्छ । निलो र डार्क ग्रे रंगमा उपलब्ध यो मोटरसाइकलको मूल्य ५७ लाख ९० हजार रुपैयाँ रहेको छ ।
एमभी अगष्टामा सर्वोत्कृष्ट पर्फमेन्सका साथै प्रतिष्ठित डिजाइन रहेको छ र यसमा एडभान्स तथा उच्चस्तरीय पदार्थ र इन्जिनियरिङ्ग टेक्नोलोजी प्रयोग गरिएको छ । एमभी अगष्टाको हरेक मोटरसाइकलहरु अटोमेसन नभई दक्ष व्यक्तिहरुको हातबाट जडान गरिएका छन् । कम्पनीको शोरुम हाल कान्तिपथमा रहेको छ ।
Discussion about this post