पुष २, याङ्वरकफोकस / धनगढी उपमहानगरपालिका भित्र रहेका भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गरिने भएको छ । जग्गा उपलब्ध गराउने विषयमा उपमहानगरपालिका र भूमिसम्बन्धि समस्या समाधान आयोगबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उपमहानगरपालिकाले कानूनमा व्यवस्था भए अनुसार स्थानीय तहको सहजीकरण समितिले आजबाट काम थालेको नगरप्रमुख नृपबहादुर वडले जानकारी दिए । भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणिकरण गरेर जग्गा हस्तान्तरण गरिने वडले बताए ।
उपमहानगरपालिकाले भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोवासीको पहिचान, लगत सङ्कलन र प्रमाणिकरण गरिने जनाएको छ ।
Discussion about this post