Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

संघीय सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
३ पुष २०७७, शुक्रबार ०१:३१
मुख्य खबर, राजनीति
संघीय सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय

पुष ३, याङ्वरकफोकस / टीकापुर घटनाका मुख्य योजनाकार मानिएका संघीय सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय सदर गरिएको छ । जिल्ला अदालत कैलालीको फैसला उच्च अदातल दिपायलले बिहीबार चौधरीसहित सात जनाको हकमा जन्मकैदको सजाय हुने तल्लो अदालतको आदेश सदर गरेको हो ।

न्यायाधीश टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले कर्तव्य ज्यान मुद्दामा अभियुक्त प्रतिवादीहरु रेशमलाल चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी, र गंगाराम चौधरीलाई जन्मकैदको सजाय गर्ने जिल्लाको फैसला सदर गरेको छ ।

अदालतले सातै जनालाई ज्यान मार्ने उद्योगमा समेत ५ वर्ष कैद सजाय सुनाएको छ । डाँका मुद्दामा समेत सजाय गरिपाउँ भन्ने सरकारको पुनरावेदन भने उच्च अदालतले खारेज गरेको छ ।
यस्तै, अदालतले जिल्लाको आदेश केही उल्ट्याउँदै लक्ष्मण थारुलाई पनि जन्मकैदको सजाय सुनाएको छ । अदालतले ज्यान मार्ने उद्योगमा पनि पाँच वर्ष सजाय तोकेको छ। डाँका मुद्दाबाट भने थारुलाई पनि सफाइ दिएको छ ।

यस्तै, अदालतले सन्तोष चौधरी, दिलबहादुर चौधरी र जितबहादुर चौधरीलाई जनही दश वर्षको सजाय सुनाएको छ । जिल्लाको फैसला उल्टी गर्दै अदालतले उनीहरुलाई दश वर्षको सजाय गरेको हो । ज्यान मार्ने उद्योगमा समेत पाँच वर्ष सजाय तोकिएको छ ।

अदालतले नाबालक श्रवणकुमार चौधरीलाई जन्मकैदको आधा सजाय हुनेगरि जिल्ला अदालतले गरेको फैसला पनि सदर गरेको छ । प्रतिवादी सुन्दरलाल कठरिया, बृजमोहन चौधरी, राजेश चौधरी र राजकुमार कठरियालाई अदालतले जनही पाँच वर्षको कैद सजाय सुनाएको छ । रामप्रसाद चौधरी, सन्तराम चौधरी, किसनलाल चौधरी र प्रमेबहादुर चौधरीलाई पनि अदालतले जनही पाँच वर्ष कैद सजाय सुनाएको छ। अदालतले जिल्लाको फैसला केही उल्टी गरेको हो।

अदालतले चुन्नीराम चौधरी र रामकुमार कठरियालाई जनही तीन वर्ष सजाय हुने जिल्ला अदालतकै आदेश सदर गरेको छ । उच्चले यसअघि जिल्लाले दोषी ठहर गरेका विश्राम चौधरीलाई भने अभियोगबाट सफाइ हुने फैसला गरेको छ । रामनरेश चौधरी, तहाँबर अलीलाई सफाइ दिने जिल्लाको फैसला पनि उच्चले सदर गरेको छ । यस्तै, नाबालक करण चौधरीलाई ६ महिना कैद सजाय हुनेगरि सुरु अदालतले गरेको फैसला समेत अदालतले सदर गरेको छ ।

एक बालकसहित आठ जनाको ज्यान लिनेगरि २०७२ भदौ ७ गते भएको उक्त घटनामा चौधरीलाई मुख्य योजनाकारका रुपमा मुद्दा चलाइएको थियो ।

यसअघि जिल्ला अदालतले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । यस्तै, १२ जनालाई तीन वर्ष, एक जनालाई ६ महिना र अभियुक्तमध्ये तीन जनाले सफाइ पाएका थिए ।

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

३ पुष २०७७, शुक्रबार ०१:३१
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

३ पुष २०७७, शुक्रबार ०१:३१
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

३ पुष २०७७, शुक्रबार ०१:३१
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

३ पुष २०७७, शुक्रबार ०१:३१
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

३ पुष २०७७, शुक्रबार ०१:३१
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

३ पुष २०७७, शुक्रबार ०१:३१

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.