पुष ३, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को सुनसरीमा १५ जना, मोरङमा १३ जना, झापामा ८ जना, ताप्लेजुङमा २ जना, तेह्रथुममा १ जना, उदयपुरमा १ जना, ओखलढुंगामा १ जना, खोटाङमा १ जना र संखुवासभामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ७८२ जनामा कोरोना संक्रमण देखिएको र १०२९ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post