पुष ३, याङ्वरकफोकस / सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश फिर्ता नभए अन्य कदम अघि बढाउने बताएका छन् ।
पेरिसडाँडा स्थित कार्यलयमा शुक्रबार वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, प्रदेश-१ का नेकपा जिल्ला अध्यक्ष, सचीव लगायत निकट नेताहरूको सहभागी भेलामा प्रचण्डले अध्यादेश फिर्ता नभए अन्य कदम चाल्ने बताएका हुन् ।
उक्त भेलामा प्रचण्डले अध्यादेश फिर्ता गर्ने स्थायी कमिटीबाट निर्णय र निर्देशन भइसक्दा समेत ओलीले आलटाल गरिरहेको बताए ।
अध्यादेश फिर्ता नभए विशेष अधिवेशनको माग फेरि ब्यूँतिने र संसदबाट निकास खोजिनुपर्ने प्रचण्ड निकट नेताहरूको भनाइ छ ।
Discussion about this post