पुष ४, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ६९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को इलाममा २ जना, झापामा १९ जना, मोरङमा २४ जना, सुनसरीमा १८ जना, उदयपुरमा ५ जना र संखुवासभाका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ७१० जनामा कोरोना संक्रमण देखिएको र ११७५ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप १२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post