पुष ४, याङ्वरकफोकस / नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई सहित अन्य नेताहरु को भेटवार्ता भएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवासँगको भेटघाटका लागि बाबुराम सहितको टोली शनिवार दिउसो बुढानिलकण्ठ पुगेको बताइएको छ ।
स्रोतका अनुसार छलफलमा काङ्ग्रेस सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशशरण महत र जसपाबाट केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र वरिष्ठ नेता राजेन्द्र महतो सहभागी रहेका थिए ।
छलफलमा प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश साथै पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतले जनाएको छ ।
Discussion about this post