पुष ५, याङ्वरकफोकस / हिमालय टेलिभिजनबाट प्रशारण भएको “डान्सिङ विथ द स्टार नेपाल”को विजेता नायिका सुमी मोक्तानले भएकी छिन् । सनिवार भएको ग्राण्डफिनालेमा नायिका सुमीले उपाधिसँगै नगद २० लाख रुपैयाँ प्राप्त गरेकी छिन् । सुमिलाई कोरियोग्राफरमा बिजु पार्कीले साथ दिएका थिए ।
“डान्सिङ विथ द स्टार्स नेपाल”को फष्ट रनर अप गायक बुद्ध लामा भएका छन् । बुद्धलाई कोरियोग्राफरमा केविका खत्रीले साथ दिएकी थिइन् । बुद्ध लामा प्रथम नेपाल आइडलका विजेता हुन् ।
त्यस्तै सेकेन्ट रनरअप कलाकार प्रियाना आचार्य भएकी छिन् । प्रियानालाई कोरियोग्राफरमा सुभम भुजेलले साथ दिएका थिए । कलाकार प्रियाना हास्यटेलिसिरेल (सक्किगोनी) का “मुन्नी” पात्र हुन् ।
उक्त प्रतियोगितामा राष्ट्रिय फुटबल टिमका क्याप्टेन एवं राष्ट्रिय महिला फुटबल टिमका कोच हरि खड्का, कलाकार प्रशान्त ताम्राकार, लोक गायिका ज्योती मगर, कमेडियन उमेर राई (फु?लन्देको आमा), कलाकार रक्षा श्रेष्ठ, ट्विन्स दीपा-दमन्ता, मैथिली कलाकार पूजा ठाकुर, बालकलाकार देवासनी वैदावर साथै सिद्धार्थ श्रेष्ठ र दृष्टिविहिन श्रृष्ठी केसी सहभागि थिए ।
उक्त कार्यक्रमको निर्णायकमा नायिका गौरी मल्ल, नायक दिलिप रायमाझी र कोरियोग्राफर रेनेशा राई रहेका थिए ।
Discussion about this post