पुष, ५ याङ्वरकफोकस / तेह्रथुमको म्याङलुङ नगरपालिका-८ स्थित कोबेकमा अंशबण्डाको बिषयमा वादविवाद भई कुटपिट समेत हुँदा एक जनाको मृत्यु भएको छ भने हत्याको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
शुक्रवार राती साँढे सात बजेको समयमा ५५ बर्षीय गणेश लिम्बु र किर्तिमान लिम्बु बिच अंशबण्डाको विषयमा झैझगडा भएको र छुट्याउने क्रममा कुमार लिम्बुले दुबै जनालाई बाँसको भाटाले हिर्काउँदा निजको बुबा गणेश लिम्बुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । पक्राउ पर्नेमा ३५ बर्षीय कुमार लिम्बु रहेका छन् ।
घाईते कीर्तिमान लिम्बुलाई उपचारको लागी जिल्ला अस्पताल तेह्रथुम पठाएको र अभियुक्त कुमार लिम्बुलाई नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरेहेको प्रहरीले जनाएको छ ।
Discussion about this post