पुष ५, याङ्वरकफोकस / संसद् विघटनको सिफारिस संगै वैशाख २३ मा आमचुनाव गर्ने प्रस्ताव लिएर प्रधानमन्त्री केपि शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।
स्रोतका अनुसार प्रधानमन्त्रीले संसद् विघटन गरेर वैशाख २३ मा आमचुनाव गर्ने विषयमा राष्ट्रपतिसँग छलफल भएको थियो । उक्त प्रस्तावलाई राष्ट्रपतिले अनुमोदन गरिसकेकी छैनन् ।
Discussion about this post