पुष ५, याङ्वरकफोकस / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपाल समहुका सात मन्त्रीले संसद विघटन गर्ने प्रधानमन्त्री केपि शर्मा ओलिको निर्णयमा असन्तुष्टि जनाउँदै राजीनामा दिएका छन् ।
आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै खानेपानी मन्त्री विना मगर, पर्यटनमन्त्री योगेश भट्टराई, वन मन्त्री शक्तिबहादुर बस्नेत, कृषि मन्त्री घनश्याम भुषाल, शिक्षामन्त्री गिरिराजमणी पोख्रेल, उर्जामन्त्री वर्षमान पुन र श्रम तथा रोजगार मन्त्री रामेश्वरराय यादवले राजीनामा दिएका हुन् ।
नेकपा अध्यक्ष दाहाल निकट रहेका पूर्व माओवादी लेखराज भट्ट र रामबहादुर थापाले भने राजीनामा दिएका छैनन् ।
Discussion about this post