Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

राष्ट्रिय आविष्कार केन्द्रको नौ महिनाको कोरोना आम्दानी खर्च विवरण सार्वजनिक

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
६ पुष २०७७, सोमबार १२:५२
अर्थ, मुख्य खबर
राष्ट्रिय आविष्कार केन्द्रको नौ महिनाको कोरोना आम्दानी खर्च विवरण सार्वजनिक

पुष ६, याङ्वरकफोकस / खोज, अनुसन्धान र आविष्कार गर्दै आएको राष्ट्रिय आविष्कार केन्द्रले नौ महिनाको कोरोना आम्दानी खर्च विवरण सार्वजनिक गरेको छ । वैज्ञानिक तथा सामाजिक अभियन्ता एवं आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आज (सोमबार) सामाजिक संजाल फेसबुक मार्फत आम्दानी र खर्च विवरण सार्वजनिक गरेको हो ।

राष्ट्रिय आविष्कार केन्द्रको चैत्र १२ / २०७६ देखि मङ्सिर ३०/२०७७ सम्म कोरोना बिरुद्ध अभियानमा सार्वजनिक भएको आम्दानी खर्च विवरण जस्ताको त्यस्तै

राष्ट्रिय आविष्कार केन्द्रको ९ महिनाको कोरोनाको आम्दानी खर्च बिबरण हेर्नु होस |

राष्ट्रिय आविष्कार केन्द्रलाई कोरोनाको लक डाउन सुरु भए देखि गत मंसीर मसान्त सम्म प्राप्त भएको दान र सो दान बाट कोरोना बिरुद्ध लड्नको लागी बिभिन्न सामानहरु बनाउंदा भएको खर्चको विवरण मात्र पेश गरेको छु र अन्य अनुसन्धानहरुको खर्च यसमा संलग्न गरेको छैन |  यो आम्दानी खर्चको बिबरण सर्बसाधारणले पनि बुझुन भन्ने उदेश्यले नियमानुसारको एकाउन्टिंगको ढांचामा प्रस्तुत गरेको छैन | एकाउन्टिंगको ढांचामा हेर्न चाहनेहरुले हाम्रो वेबसाइटमा गएर हेर्न सक्नु हुनेछ अथवा [email protected] मा इमेल गरेर माग्नु सक्नु हुनेछ | तल दिईएको आम्दानी खर्च बाहेक अमेरिकाको Stanford University को एउटा रिसर्च ल्याबले करिब ६० लाख रुपैंया जतिको कोरोनाको बिभिन्न सामानहरु पनि दान गरेको छ |

चैत्र १२, २०७६ देखि मंगसिर ३० २०७७ सम्म कोरोना बिरुद्धको अभियानमा भएको आम्दानीको विवरण

निम्नानुसार नेपालमा नै प्राप्त भएको दानको जम्मा रकम  – रु. 32,093,729
(तिन करोड बिस लाख त्रिनाब्बे हजार सात सय उनान्तीस रुपैंया मात्र)

१. देश विदेश बाट हिमालयन बैंक मार्फत प्राप्त दान – रु. 9,499,942
२. देश विदेश बाट ग्लोबल आई.एम. ई बैंक मार्फत प्राप्त दान  – रु. 18,251,426
३. लक डाउनको सुरुको महिनामा बैंक नखुल्दा प्राप्त नगद दान – रु. 3,505,749
४. ई-सेवा मार्फत प्राप्त दान  – रु.836,612

निम्न अनुसार जापान र अमेरिकामा उठेको दान – रु. 9,102,620 (एकानब्बे लाख दुई हजार छ सय बिस रुपैंया मात्र)

१. जापानमा NRNA Japan, MRR र अन्य दाताहरुले गरेको दान- रु.2,130,000
२. निम्न अनुसारको अमेरिकामा उठेको जम्मा दान ($59,090) – रु. 6,972,620
क. अमेरिकी नेपाली नर्स सोसाइटी र डा. सन्तोष सापकोटाले सापटी कार्यक्रम बाट- ($20,000)
ख. हेल्थ फाउन्डेसन नेपालले Go Fund Me मार्फत उठाएको – $25,563
ग. नेपाल राइजिंग संस्थाले Walk for Nepal कार्यक्रम मार्फत – $11,600
घ. डा. सन्तोष सापकोटाले किनेको सामान – $1,927

माथी उल्लेख गरे अनुसार नेपालमा प्राप्त भएको तथा जापान र अमेरिकामा उठेको जम्मा दान –  रु. 41,196,349 (चार करोड एघार लाख छयानब्बे हजार तिन सय उनानपचास)

चैत्र ११, २०७६ साल देखि मंगसिर ३०, २०७७ सम्म कोरोना बिरुद्धको अभियानमा भएको खर्च विवरण तल दिईएकोछ |

निम्नानुसारको कामहरुमा भएको जम्मा खर्च  – रु. 41,523,228 (चार करोड पन्ध्र लाख तेईस हजार दुइ सय अठासी रुपैंया)

१. PPE (१६,५०० वटा) र लाश राख्ने ब्यागहरु (४०) – रु.10,170,906
२. स्वाब संकलन गर्ने ६५ वटा बुथहरु – रु. 3,835,761
३. एरोसोल बाकस (३५) – रु. 356,561
४. UVC बाट भाइरस मार्ने उपकरणहरु (४५) – रु. 504,351
५. PAPR (ब्याट्री बाट चल्ने हावा सफा गर्ने उपकरण 125 वटा) – रु. 681,844
६. भेन्टिलेटर (३५), मिर्गौला डाईलिसिस (१८), अक्सिजन कन्सेंट्रेटर (१२) मर्मत – रु. 756,167
७. फेस शिल्ड (१२,०००), मास्क, सेनीटाईजर – रु. 691,892
८. Pnuemask (१६५), HME फिल्टर र त्यसका सामानहरु – रु.168,000
९. आइसोलेसन हुड (९२) र आइसोलेसन च्याम्बरहरु (८) – रु.177,448
१०. हस्पिटल रोबोट (६) र गुड्ने बुथ (२) – रु. 860,627
११. गण्डकी प्रदेशलाई प्रदान गरेको स्वाब संकलन गाडी तयार खर्च- रु. 383,091
१२. बिभिन्न अनुसन्धानको लागि ईलेक्ट्रोनिक्स पार्टपुर्जाहरु, सामानहरु  र औजारहरु – रु. 5,647,675
१३. प्रयोग गरे पछि खर्च हुने हार्डवेयर सामानहरु (consumables)- रु. 785,643
१४. सानो पाइला मार्फत नारायणी अस्पताल बीरगंजलाइ कोरोना OPD निर्माण सहयोग –रु. 500,000
१५. अनुसन्धानकर्ताहरुलाई औषधि उपचार खर्च – रु. 136,143
१६. अनुसन्धानकर्ताहरुको खाना र खाजामा भएको खर्च – रु. 1,739,033
१७.  नौ महिनामा कोरोना बिरुद्ध काम गरेका ३९ जना अनुसन्धानकर्ताको निर्बाह खर्च – रु. 6,288,244
१८. जापानमा किनेर पठाएको 3D प्रिन्टर र त्यसमा प्रयोग हुने सामानहरु – रु. 2,130,000
१९. अमेरिकामा कोरोनाको बिभिन्न सामानहरु किन्दा र नेपाल पठाउँदाको खर्च ($48,389)  – रु. 5,709,902

जम्मा खर्च  – रु.41,523,228 (चार करोड पन्ध्र लाख तेईस हजार दुइ सय अठासी रुपैंया)

जम्मा दानमा जम्मा खर्च घटाउदा = रु. 41,196,349 – रु.41,523,228 = – रु.326,939

यसरी ३ लाख २६ हजार ९ सय ३९ रुपैंया बढी खर्च भएको देखिएको छ | तर मंसिर मसान्त पछि पनि दानहरु आईरहेको छ र खर्च पनि भैरहेको छ | त्यसैले राष्ट्रिय आविष्कार केन्द्रले कोरोना बिरुद्धको लडाईमा दाताहरुको दान बाट नै बिभिन्न किसिमका १३ ओटा सामानहरु बनाएर स्वास्थ्यकर्मीहरुलाई निशुल्क वितरण गर्न सकेको हो | सामानहरु लैजाने केहि अस्पताल र व्यक्तिहरुले पनि दान गरेका छन |  सम्पूर्ण दानहरु दाताहरुले स्वईच्छाले नै दान गरेका हुन् | धन्यबाद | 🙏🙏🙏

सम्बन्धित खबरहरु

अब एक सय रूपैयाँमै कम्पनी खोल्न सकिने

अब एक सय रूपैयाँमै कम्पनी खोल्न सकिने

६ पुष २०७७, सोमबार १२:५२
‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

६ पुष २०७७, सोमबार १२:५२
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

६ पुष २०७७, सोमबार १२:५२
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

६ पुष २०७७, सोमबार १२:५२
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

६ पुष २०७७, सोमबार १२:५२
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

६ पुष २०७७, सोमबार १२:५२

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.