पुष ६, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ६० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को ताप्लेजुङमा १ जना, पाँचथरमा २ जना, इलाममा ३ जना, झापामा १० जना, मोरङमा ३१ जना, सुनसरीमा ७ जना, धनकुटामा १ जना, भोजपुरमा १ जना, खोटाङमा १ जना र संखुवासभाका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ७४२ जनामा कोरोना संक्रमण देखिएको र १०७९ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post