Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

सर्वोच्च अदालतबाट न्यायिक निरुपण हुने विश्वास: प्रचण्डसमुह

Yangwarak Focus (Amir) Yangwarak Focus (Amir)
६ पुष २०७७, सोमबार १९:२७
मुख्य खबर, राजनीति
सर्वोच्च अदालतबाट न्यायिक निरुपण हुने विश्वास: प्रचण्डसमुह

पुष ६, याङ्वरकफोकस / नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरूले प्रतिनिधि सभा विघटन नभएको प्रतिक्रिया दिएका छन् । सोमबार संसद् भवन नयाँ बानेश्वरमा उपस्थित भएका सांसदहरूले संसद् विघटन नै नभएको प्रतिक्रिया दिएका हुन् ।

नेकपाका वरिष्ठ नेता तथा सांसद झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले नै नदिएको अधिकार दुरुपयोग गरेको भन्दै संसद् बैठकका लागि संवैधानिक अभियान चलाउने बताएका छन् । उनले भने, ‘वर्तमान संविधानबमोजिम प्रधानमन्त्रीले संसद् विघटन गर्न मिल्दैन । यो संविधान विरोधी कुरा हो । त्यसको विरोध गरेका छौँ । अब हामी संवैधानिक तथा राजनीतिक अभियान चलाउँछौँ । संविधानको विरुद्ध ‘कु’ गरिएको छ । हामी सर्वोच्च नि जान्छौँ । संसद्को बैठक आयोजना गर्ने हाम्रो ध्येय छ ।’

यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीले आफू अल्पमतमा परेपछि अलोकतान्त्रिक र संविधान विरोधी निर्णय गरेको बताएका छन् । उनले संसद् विघटन भएको नठानिएको बताए। उनले भने, ‘प्रतिनिधि सभा विघटन गर्ने निर्णय असंंवैधानिक हो । संविधानमा कुनै प्रावधान छैन । त्यो अधिकार प्रधानमन्त्रीको हातमा छैन । ओलि अल्पमतमा परेको अवस्थामा यो निर्णय अलोकतान्त्रिक, निरङ्कुश तरिका अवलम्बन गरिएकोले घोर विरोध एवं भर्त्सना गर्दछौँ । संसद विघटित भएको ठान्दैनौँ ।’

सासद पम्फा भुसालले नेकपा संसदीय दलका बहुमत सदस्य संसद् विघटनको विपक्षमा रहेको बताएका छन् । संविधानको व्याख्याता सर्वोच्च अदालतबाट न्यायिक निरुपण हुने भुसालको विश्वास छ । उनले भने, ‘संविधानको व्याख्याता सर्वोच्च अदालत हो । संविधानको कुनै पनि धारामा विघटनबारे छैन । सर्वोच्च अदालतमार्फत न्यायिक बाटो अवलम्बन गर्छौ । न्यायपालिकातर्फ हामीलाई विश्वास छ ।’

सांसद शशी श्रेष्ठले प्रतिनिधि सभा विघटन नभएको बताए । उनले भने, ‘संविधानमाथिको ‘कु’ हो यो । प्रतिनिधि सभा विघटन भएको छैन ।’

नेकपाका प्रचण्ड–माधव नेपाल समूहका सांसदहरूको सोमबार भएको भेलाले प्रतिनिधि सभा बैठक बोलाउन मागसमेत गरेको छ । बैठक नबोलाइए कानुनी प्रक्रिया अघि बढाइने पनि सांसदहरूले बताएका छन् । रासस

सम्बन्धित खबरहरु

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

‘लिम्बुवान, किराँत प्रदेश’ राख्न लिम्बुवान,किराँत संयुक्त संघर्ष समितिले प्रदेश १ सरकारलाई बुझायो ज्ञापनपत्र

६ पुष २०७७, सोमबार १९:२७
पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

पहिचानको आधारमा प्रदेश १ को नामाकरण नगरिए आन्दोलन गर्ने महासंघको चेतावनी(प्रेस विज्ञाप्ति सहित)

६ पुष २०७७, सोमबार १९:२७
लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

लिम्बुवान,किरात संयुक्त संघर्ष समितिले साउन ५ गते विराटनगरमा जनप्रदर्शन गर्ने

६ पुष २०७७, सोमबार १९:२७
जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

जापानका पूर्व-प्रधानमन्त्री शिन्जो आबेको गोलि हानी हत्या

६ पुष २०७७, सोमबार १९:२७
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु, ३१ जना घाइते

६ पुष २०७७, सोमबार १९:२७
१५ वर्षीय बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

महिलालाई कुवेतमा बेच्ने तीन जना पक्राउ

६ पुष २०७७, सोमबार १९:२७

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.