सुमन सहयात्री योङ्हाङ
पुष ७, याङ्वरकफोकस / साउदी अरबको आन्तरिक मन्त्रालयले एक हप्ताको लागि सम्पूर्ण अन्तर्राष्ट्रिय उडान बन्द गरेको छ । साउदी रियादस्थित नेपाली दूतावासले सोमबार एक सूचना जारी गर्दै कोभिड-१९ संक्रमण नियन्त्रणको लागि २१ डिसेम्बरबाट एक हप्ता अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको जनाएको हो ।

दूतावासका अनुसार साउदीले स्थलमार्गबाट हुने आवागमनमा पनि रोक लगाएको छ । नागरिकहरूको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्न सावधानीस्वरूप चालिएको उक्त कदम आवश्यकतानुसार लम्बिन सक्ने भएको छ । त्यसैगरी, साउदी सरकारले मुलुकभर ५० जना भन्दाबढी व्यक्ति एकै ठाउँमा भेला हुनसमेत प्रतिबन्ध लगाएको छ । उक्त आदेश उल्लंघन गर्नेलाई १५ हजार साउदी रियाल अर्थात् ४ लाख ६५ हजार भन्दा बढी नेपाली रूपैयाँ जरिवाना हुने दूतावासको सूचनामा भनिएको छ ।
साउदी अरेबिया नेपालीहरूको प्रमुख श्रम गन्तव्य मुलुकहरूमध्येको एक हो । हाल त्यहाँ तीन लाख भन्दाबढी नेपाली श्रमिक रहेको बताइन्छ ।
सडक र समुद्री बन्दरगाह मार्फत साउदी प्रवेश गर्न पनि निलम्बित गरिएको छ र यो अवधि अर्को हप्ता बढाउन पनि सकिने अरब न्युजमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ । यी निर्णयहरू ब्रिटेन र अन्य युरोपेली देशहरूमा कोरोना भाइरसको शक्तिशाली नयाँ प्रकारको तनावको उदयको प्रतिक्रियामा गरिएको थियो । केही उडानहरू असाधारण परिस्थितिमा पनि अनुमति दिइने भनि साउदी प्रेस एजेन्सी (एसपीए) ले उक्त समाचार प्रकासित गरेको छ ।
अन्तर्राष्ट्रिय उडान साउदी अरेबियाको रियाद र दमामबाट हुने गरेको छ ।
Discussion about this post