पुष ७, याङ्वरकफोकस / आदिवासी जनजाती महासंघ युकेका उपाध्यक्ष एवं पहिलो बेलायती-नेपाली महिला काउन्सिलको उम्मेद्वार लिला सेलिङ माबोले अल्पसंख्यक महिलाहरुले भोग्ने अदृश्य घरेलु हिंसाका कारणमाथि परिचर्चा गरेकी छिन् । सेलिङ माबोले “लिम्बुवान रिडर्स क्लब” नामक फेसबुक पेज मार्फत आइतबार लाइभ हुँदै नेपाली आदिवासी जनजाती, दलित, अल्पसंख्यक महिलाहरुले भोग्ने अदृश्य घरेलु हिंसाका कारणमाथि परिचर्चा गरेकी हुन् ।
सेलिङ माबोले मुलुकी ऐनमा दबाएर राखेको तर वि.स २०७२ सालको संविधानले महिलाको हक अधिकार निर्माण गरेको र राज्यको सबै निकायमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक अधिकार तोकिएको भए पनि व्यवहारिक रुपमा लागु हुन नसकेको बताएकि छिन् । ३७ प्रतिशत आदिवासी जनजाति भएको देशमा जनजाति महिलाको हक अधिकार सविधानमा सम्बोधन नभएको समेत बताएकी छिन् । हरेक वर्ग र क्षेत्रमा रहेका, पिछडिएका महिलाहरुको हिंसा विभेद समाधान नभएसम्म समृद्धि नेपाल नबन्ने भन्दै लैंगिक विभेद, भेषभुसा, मातृभाषा र धर्मका कारणले गर्दा पनि जनजाति, दलित, अल्पसंख्यक महिलाहरु बढी पीडित भएको र हिंसा भोगिरहेको बताएकी छिन् । माबोले अगाडी भने,”त्यही भएर ग्रामीण भेगदेखी सरकार सम्म अल्पसंख्यक महिलाहरुलाई उठाउन जरुरत भएको छ । सबै नेपाली महिलालाई एउटै बास्केटमा राखेर हेर्न मिल्दैन र सम्भव हुदैन भन्न चाहान्छु ।” यी महिलाको बारेमा छुट्टै हक अधिकार सविधानमा लेखिनु पर्ने र सरकारले मध्यनजर गर्न अति आवस्यक रहेको र बहस गर्न जरुरी रहेको समेत बताए ।
माबोले बेलायतमा रहेका अल्पसंख्यक महिला, काला जाती र गोरा जाती (दक्षिण एसियाली) महिलाहरुले भोगेको अदृश्य घरेलु हिंसाको कारण र परिचर्चा समेत गरेकी छिन् ।
“लिम्बुवान रिडर्स क्लब”ले नेपाली साहित्य, कला-सिर्जना, शैक्षिक सामाजिक विकास, साँस्कृतिक सम्पदा, पहिचान, मुन्धुम देखि लिएर विभिन्न व्यक्तित्वको विचार राख्दै आएको छ ।
Discussion about this post