पुष ७, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ८४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को ताप्लेजुङमा १ जना, तेह्रथुममा २ जना, इलाममा १ जना, झापामा ५ जना, मोरङमा ४० जना, सुनसरीमा २६ जना, धनकुटामा १ जना, भोजपुरमा १ जना, खोटाङमा १ जना, ओखलढुंगामा २ जना, उदयपुरमा ३ जना र सोलुखुम्बुमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ७२२ जनामा कोरोना संक्रमण देखिएको र ९६६ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post