पुष ७, याङ्वरकफोकस / नेपाल नागरिक उड्डयन प्राधिकरणले बेलायतबाट नेपाल आउन प्रतिबन्ध लगाएको छ । बेलायतमा कोरोना भाइरसको संक्रमण बढेको भन्दै नेपाल आउने वा ट्रान्जिट गरि नेपाल आउने यात्रुलाई नल्याउन प्राधिकरणले एयरलाइन्सहरुलाई निर्देशन दिएको हो ।
बुधबार राति १२ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि यो निर्णय लागू हुने भनेको छ ।
पछिल्लो समय बेलायतमा कोरोना संक्रमण बढेपछि अन्य मुलुकहरुले समेत यात्रा प्रतिबन्ध लगाएका छन् ।
Discussion about this post