पुष ७, याङ्वरकफोकस / पूर्वसभामुख कृष्णबहादुर महरा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी सदस्यमा मनोनीत भएका छन् । मंगलबार बसेको केन्द्रीय कमिटीको तेस्रो बैठकले महरालाई स्थायी कमिटी सदस्यमा सर्वसम्मत पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा अध्यक्ष दाहालले बिहान बालुवाटारमा भएको बेला पार्टीको आधारिक नभएको र आफूहरूको बैठक नै आधिकारिक भएको बताएका थिए । उनले बालुवाटारको भेला पार्टी चोइट्याउने उद्देश्यले भएको भन्दै सबै नेता, कार्यकर्तालाई एकताको पक्षमा उभिन अपील समेत गरेका थिए ।
दाहालले दुवै अध्यक्ष (आफू र नेपाल)ले विधानको व्यवस्था अनुसार आलोपालो पार्टी बैठक सञ्चालन गर्ने पनि बताए ।
यस्तै, बैठकले नेकपा कैलालीका अध्यक्ष दीर्घ सोडारीमाथि गरिएको कारबाही फुकुवा गर्दै पुरानै जिम्मेवारी सुम्पिने निर्णय भएको छ ।
पार्टी अनुशासनविपरित काम गरेको भन्दै बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षको जिम्मेवारीबाट मुक्त गरेको छ भने वरिष्ठ नेता माधव नेपाललाई अध्यक्ष चयन गरेको छ ।
Discussion about this post