पुष ७, याङ्वरकफोकस / अमेरिकाका लागि नेपाली राजदूतमा पुर्वअर्थमन्त्री डाक्टर युवराज खतिवडा नियुक्त भएका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा डा. खतिवडालाई अमेरिकाको राजदूतमा नियुक्त गरेकी हुन् ।
नेपालको संविधानको धारा २८२ बमोजिम पूर्वअर्थमन्त्री डा. खतिवडालाई राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले आज एक विज्ञप्ति मार्फत जानकारी दिएका हुन् ।
Discussion about this post