पौस ८ /इटालियन क्लब युभेन्टसले २०२० को अन्तिम खेलमा लज्जास्पद हार भोग्नु परेकोछ। सिरी ए लिगअन्तर्गत नेपाली समयअनुसार बुधबार बिहान भएको खेलमा युभेन्टसलाई उसकै घरेलु मैदानमा पाहुना टोली फियोरेन्टिनाले ०–३ ले पराजित गरेको हो । घरेलु टोली युभेन्टस खेलको १८औं मिनेटमै १० खेलाडीमा सीमित भएपछि ऊ समस्यामा परेको थियो ।
डिफेन्डर जुआन काउडरानो खराब फउलका कारण सोझै रातो कार्ड खाएर मैदान छाडेपछि युभेन्टसले बाँकी समय १० खेलाडीमा खेलेको थियो । १० खेलाडीमा सीमित र त्यसपछि १ आत्मघाती गोल खाएपछि युभेन्टसले वर्षको अन्तिम खेलमा अप्रत्यासित हारको सिकार हुनु परेको हो । यससँगै युभेन्टसको यो सिजनको अपराजित यात्रामा पनि पूर्णविराम लागेको छ ।
Discussion about this post