पुष ८, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ३३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को तेह्रथुममा १ जना, इलाममा १ जना, झापामा १० जना, मोरङमा १५ जना र सुनसरीमा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना संक्रमण देखिएको र ९५२ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप पाँच जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post