पुष ८, याङ्वरकफोकस / नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच दुई सय मिलियन डलर बराबरको सहुलियत ऋण र अनुदानमा सम्झौता भएको छ । नेपालले एडीबीबाट एक सय ९० मिलियन अमेरिकी डलर अर्थात् नेपाली रकम २२ अर्ब ५७ करोड रुपैयाँ सहुलियतपूर्ण ऋणको लागि सम्झौता गरेको हो ।
सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र एडीबीका नेपाल मिसन प्रमुख रुदी लुइस हेन्ड्रुक्स भान्देलले हस्ताक्षर गरेका छन् ।
सम्झौता भएको रकममध्ये एक सय ५० मिलियन डलर नेपालका विमानस्थलको क्षमता विस्तारमा खर्च भनिएको छ । जसमा त्रिभुवन विमानस्थलको ट्याक्सी वे, ह्यांगर र एप्राेनको विस्तार हुनेछ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणमा पनि रकम खर्च गरिने भएको छ ।
त्यस्तै, एडीबीले दिने ४० मिलियन डलरको सहुलियतपूर्ण ऋणबाट बाढी रोकथाम तथा प्रभावित क्षेत्रका बासिन्दाको आर्थिक आयआर्जनका कार्यक्रम सञ्चालन हुनेछन् । यस कामको लागि एडीबीले नेपाललाई १० मिलियन डलर अनुदान पनि दिने सम्झौता भएको छ ।
Discussion about this post