पुष ८, याङ्वरकफोकस / झापाको बिर्तामोडमा जनता समाजवादी पार्टी (जसपा)ले संसद् बिघटन विरुद्ध विरोध र्याली गरेको छ । प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदम अलोकतान्त्रिक, असंवैधानिक, प्रतिगामी र संसदीय व्यवस्थाको मूल्य, मान्यता र विधिको शासन विपरित रहेको भन्दै जसपाले बिर्तामोडमा आज (बुधबार)विरोध प्रदर्शन र्याली गरेको हो ।
बिर्तामोडको मुक्तिचोकबाट सुरु भएको विरोध र्याली चोक परिक्रमा गरि कोणसभामा परिणत भएको थियो ।
विरोध र्याली पश्चात् कोणसभा कार्यक्रममा जसपा,नेपाल प्रदेश अध्यक्ष प्रवीण चाम्लिङले संविधान विरुद्ध प्रधानमन्त्री केपी ओलीले संसद् बिघटन गराएर मुलुकलाई संकटमा धकेलेको आरोप लगाए । राईले
जनताको संघर्षबाट पुनः संसद् स्थापना गराएरै छाड्ने दावी गरे । अर्का अध्यक्ष दिपेन बाला राईले जनताको नासोलाई बचाउन मरणको लडाइँ लड्न परेपनी तयार रहने बताए ।
त्यस्तै, प्रदेश सांसद् एवम् जसपा केन्द्रीय सदस्य राधा थापाले “हजारौं जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई ध्वस्त पार्ने अधिकार प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई नभएको” जिकिर गरिन् । कोणसभालाई सम्बोधन गर्दै जसपा झापा अध्यक्ष अनुत राजवंशीले प्रधानमन्त्री र राष्ट्रपतिबाट नेपाली जनताको विश्वास टुटेको भन्दै स्पष्ट पारेका थिए । जसपा,नेपालको केन्द्रीय निर्देशन अनुसार देशभरका जिल्ला, सदरमुकाममा विरोध प्रदर्शन कार्यक्रम भएको
राजवंशीले जानकारी दिए ।
Discussion about this post