पुष ८, याङ्वरकफोकस / पाँचथरको तुम्बेवा गाउँपालिकामा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेस परित्याग गरि जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन् । जसपा कार्य समिति पान्थरको समायोजन कार्यक्रममा दर्जनौंले पार्टी प्रवेश गरेको हो ।

तुम्बेवा गाउँपालिकाको मौवामा आज (बुधबार) रोशन लाओतीको अध्यक्षतामा भएको समायोजन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष दिल प्रसाद लाओती, जनता समाजवादी पार्टी,नेपालका केन्द्रीय सदस्य एवं लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम, केन्द्रीय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका उपाध्यक्ष जेन्टल लाओती, लिम्बुवान राष्ट्रिय समितिका सचिवालय सदस्य झकेन्द्र लाओती, लिम्बुवान राष्ट्रिय समितिका सदस्य गणेश चेम्जोङलगायत अन्य कार्यकर्ता, स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो ।

नेकपा र काङ्ग्रेस परित्याग गरि हर्क प्रसाद लाओती, कुरार बहदुर लाओती, बालध्वोज लाओती, भुवानी प्रसाद लाओती, कबिता सम्बाहाम्फे, धनकुमार सम्बाहाम्फे, राजेन्द्र इम्सङ, सङ्गम इम्सङ, प्रकाश सोताङ राई, किरन चाम्लिङ, सन्दिप निछिरिङ राई, सुसन वान्तावा, रन्दिप दुङ्माली राई, उमेश दुङ्माली राई, रक्तिम दुङ्माली राई लगायत दुई दर्जन बढी सङ्ख्यामा जसपा प्रवेश गरेका हुन् ।
उक्त समायोजन कार्यक्रम मार्फत तुम्बेवा गाउँपालिका कार्य समितीको अध्यक्षमा रोशन लाओती, उपाध्यक्षमा दिल प्रसाद लाओती, सचीवमा यादव कुरुम्बाङ, सह- सचीवमा अशोक राई र कोषध्यक्ष स्मृति राई लगायत १३ सदस्यीय समिति चयन भएका छन् ।
Discussion about this post