पौष-९, डेस्क । धनकुटामा बसको ठक्करबाट एक पैदल यात्रीको ज्यान गएको छ । आज(बिहीवार) बिहान ८ बजे धनकुटा-७ जिरो प्वाईन्टमा को १ ख ४०७४ नम्बरको बसको ठक्करबाट पैदल यात्री धनकुटा नगरपालिका-९ रुद्रबारी पाँखा टोलकी ५० बर्षीया गुणमाया राईको ज्यान गएको हो ।
ठक्कर पछि ठक्कर दिने बस र बसका चालक ३१ बर्षीय नविन लिम्बु नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।
Discussion about this post