पुष ९, याङ्वरकफोकस / झापाको मेचीनगर नगरपालिका-९ का ४२ बर्षीय पुलिस भनिने पर्शुराम गौतमको हत्या अभियोगमा दुईजना पक्राउ परेका छन् । स्थानीय ४७ बर्षीय बुधलाल किसान र २८ बर्षीय भयङकर भनिने भुखन किसानलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको हो ।
घटना घटाउन प्रयोग गरेको फलामको रिम र घटना भएको समयमा उनीहरुले लगाएका कपडा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।
अनुसन्धानमा प्रहरी टोलीले घटनामा संग्लग्न रहेका उनीहरुलाई पक्राउ गर्न सफल भएको र पक्राउ परेका दुबै जनाले घटनामा आफ्नो संग्लग्नता रहेको बयान दिएसंगै निजहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ ।
यही पौष तिन गते आफ्नै घर अगाडी मृत फेला परेका गौतमको शरिरमा निल डाम तथा चोटपटक रहेको थियो ।
Discussion about this post