सुमन सहयात्री योङ्हाङ
पुष ९, याङ्वरकफोकस / तेह्रथुम जिल्ला छथर गाउँपालिकाले स्थानीय चाडपर्वमा सार्वजनिक विदा दिने भएको छ । गाउँपालिकाले आज सुचना सार्वजनिक गरी स्थानिय विदा दिएकाे हाे ।
स्थानिय सरकार संचालन ऐन २०७४ काे दफा ११ फ (१) काे ब्यावस्था, आ.व.०७७/०७८ काे स्वीकृत नीति तथा कार्यक्रमकाे बुंदा नम्बर ४३ काे व्याख्या र गाउँसभाकाे नितिगत निर्णय अनुसार गाउँपालिका अध्यक्षकाे चलानी नम्बर १०१५ को पत्रको आदेशअनुसार देहाय बमाेजिम स्थानिय विदा दिइएकाे सुचनामा उल्लेख छ ।
गाउँपालिका क्षेत्र भित्र मानिने प्रमुख पर्वहरू माघे सक्रान्ति ( कक्फेक्वा तङनाम) उधाैलि पर्व, कृसमस डे, साेनाम लाेसार, महाशिवरात्री, ग्याल्बाे लाेसारका लागि सार्वजानिक विदा दिएकाे छ ।
गाउँपालिका भित्र रहेका विभिन्न मेला पर्व, भाषा, कला, संस्कार संस्कृतिहरूकाे संरक्षण, प्रवर्दनका लागि प्रचलित कानुन अनुसार स्थानिय विदा दिएकाे छथर गाउँपालिकाले जनाएकाे छ ।

Discussion about this post