पुस-१०, डेस्क । आज डिसेम्बर २५ तारिख, क्रिश्चियन धर्मावलम्बीहरुको विशेष दिन अर्थात् क्रिसमस-डे । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरुद्वारा आज क्रिसमस्-डे मनाईदै छ । हरेक वर्ष २५ डिसेम्बरका दिन येशु ख्रिष्टको जन्मदिनको खुसियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मावलम्बीले क्रिसमस्-डे मनाउन लागेका हुन् ।
दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस् क्राइस्ट पनि भनिन्छ । येशुले मानव समुदायका लागि पुर्याएको योगदानको सम्झनामा इस्वी संवत् चलाइएको विश्वास गरिन्छ । क्रिसमसमा येशुको शिक्षा एवं उपदेशको मनन गर्नुका साथै प्रेम प्रकट गर्दै, शुभकामना तथा उपहार आदानप्रदान गरिन्छ । ख्रिष्टमसका अवसरमा आज देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गरी येशु ख्रीष्टको सम्झना गरिँन्छ ।
क्रिसमसको अवसरमा नेपालमा पनि सम्बन्धित धर्मावलम्बीहरूलाई आज बिदा दिईएको छ । यद्यपि, क्रिश्चियन धर्मावलम्बीले भने सार्वजनिक बिदाको माग गर्दै आइरहेका छन् ।
Discussion about this post