पुष १०, याङ्वरकफोकस / पाँचथर याङ्वरक गाउँपालिका-४ स्थायी घर भएकी हाल अमेरिकामा परिवार सहित बसोबास गर्दै आएकी दिपा बराइली माबोले ख्रिष्टमसको अवसरमा बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेकी छिन् ।
आफुले अध्ययन गरेको श्री चन्द्रोदय आधारभूत विद्यालय देविस्थानमा अध्यनरत ४१ जना विद्यार्थी तथा ज्योति चर्च दारिम्बामा रहेका २० जना बालसंगीतका बालबालिकाहरुलाई न्यानो कपडा दिएकी हुन् ।
बिहीवार एक कार्यक्रमका बिच दिपक माबो, प्रनिसा माबो, रेस्मि तावा र ईन्द्र तावाको उपस्थितिमा ६१ जना बालबालिकाहरुलाई सुईटर हस्तान्तरण गरिएको हो ।
Discussion about this post