पुष १०, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ४० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को इलाममा ३ जना, झापामा १२ जना, मोरङमा १० जना, सुनसरीमा ९ जना, भोजपुरमा २ जना, सोलुखुम्बुमा १, उदयपुरमा १ जना र संखुवासभामा २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ६०८ जनामा कोरोना संक्रमण देखिएको र ८९२ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप नौ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post