पुष १०, याङ्वरकफोकस / पाँचथरको फिदिममा जनता समाजवादी पार्टी (जसपा)ले संसद् बिघटन विरुद्ध विरोध र्याली गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई अलोकतान्त्रिक भन्दै फिदिममा आज (शुक्रबार) विरोध र्याली प्रदर्शन गरिएको हो ।
उक्त बिरोध र्यालीमा पार्टीका केन्द्रीय कार्यकारिणी समितिका सदस्य रकम चेम्जोङ, संघीय लिम्बुवान पार्टीका केन्द्रीय उपाध्यक्ष मचिन्द्र बेघा, जसपा प्रदेश नं १ का अध्यक्ष प्रवीण चाम्लिङ, जसपा लिम्बुवान समिति अध्यक्ष खगेन्द्र माखिम, केन्द्रीय सदस्यहरु उमेश थापा, प्रेम लावती, दिपेन्द्र आङ्देम्बे, जेन्टल लावती लगायत सयौं कार्यकर्ताहरुको सहभागी रहेको थियो ।
र्यालीमा सहभागीहरुले अलोकतान्त्रिक कदम बन्द गर, प्रतिनिधिसभा पुनर्स्थापना गर, केपी ओली मुर्दावाद भनी नारावाजी गरेका थिए ।
Discussion about this post