पुष ११, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप १३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को झापामा ५ जना, मोरङमा ४ जना, धनकुटामा ३ जना र सोलुखुम्बुमा १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ५०० जनामा कोरोना संक्रमण देखिएको र ८४० जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप तिन जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post