सुमन सहयात्री योङ्हाङ
पुष ११, याङ्वरकफोकस / साउदी अरेबिया सरकारले गैरकानुनी रूपमा बस्ने नेपालीहरुलाई एक्जिट भिसा दिने प्रक्रिया सुरु भएपछि हालसम्म १४ सय ४० जनालाई एक्जिट भिसा दिएको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।
नेपाली दूतावासले गैरकानुनी रूपमा बसेका नेपालीहरूलाई “एक्जिट भिसा” दिनको लागि साउदी सरकारलाई अनुरोध गरेको थियो ।
आवासीय अनुमतिपत्र नबनाएका वा नविकरण नगरिएका कारण स्वदेश फर्कन चाहने नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक बर्हिगमन भिसा प्रदान गर्नका लागि अनुरोध अनुसार एक्जिट भिसा दिइएको हो ।
दूतावासले यस अगाडि नै १४ सय ६ जनाको सुची प्रकाशित गरिसकेको भन्दै थप ३४ जनाको एक्जिट भिसा प्राप्त भएको जनाएको छ ।
(स्रोत:- नेपाली दूतावास रियाद साउदी)
Discussion about this post