पौष १२/ प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाका बहुमत प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गरेपछि प्रदेश सरकार अल्पमतमा परेको छ ।
राईमाथि आइतबार अविश्वास प्रस्ताव दर्ताभएसँगै भीम आचार्यलाई मुख्यमन्त्रीको प्रस्ताव गरिएको छ । अविश्वास प्रस्ताव दर्ता गर्नेमा पाँचथर क्षेत्र न. को सांंसद गणेश कुमार काम्बाङ सहित ३७ जना सांसद रहेकछन् ।
प्रदेशमा ९३ सदस्यीय प्रदेशसभामा नेकपामा ६७ जना सांसद छन् । अविश्वास प्रस्तावको पहिलो नम्बरमा सांसद इन्द्र आङ्वोले हस्ताक्षर गरेका छन् भने ३७ औं नम्बरमा पुर्णचन्द्र राइले हस्ताक्षर गरेका छन् ।
Discussion about this post