पौष १२, याङ्वरकफोकस/दक्षिण कोरियामा कार्यरत लिम्बु युवाहरुको प्रायोजनमा “याक्थुङ्बाहरु अब मेला बजार तिर होइन शेयर बजार तिर जाऔं “भन्ने मुल नाराका साथ ४ दिने अनलाइन जुम शेयर बजार आधारभुत तथा प्राबिधिक ज्ञान प्रशिक्षण सम्पन्न भएको छ ।
डिसेम्बर २४ देखि २७ सम्म सन्चालन भएको उक्त प्रशिक्षण दक्षिण कोरियाका समाजसेवी याक्थुङ्बा युवाहरु सुशील चेम्जोङ ,सुमन हेम्ब्या,र गणेश हाङ्सेम केरुङको पहलमा नेपालबाट प्रध्यापक दीपेन्द्र लोवाले प्रशिक्षण दिनुभएको थियो।
दक्षिण कोरियामा कार्यरत याक्थुङ्बाहरुद्वारा प्रशिक्षणमा लाग्ने खर्च स्वरुप निश्चित आर्थिक संकलन गरि बिश्वभर कार्यरत याक्थुङ्बाहरुलाई शेयर बजार सम्बन्धि प्रशिक्षण गराउने उद्देश्यले संचालित प्रशिक्षणमा नेपाल लगायत दक्षिण कोरिया, बेलायत, अमेरिका, अष्ट्रेलिया, साउदी अरब आदि मुलुकहरूबाट ४५ जना भन्दा बढी प्रशिक्षार्थीहरुले प्रशिक्षण लिएका थिए ।
४ दिने अनलाइन जुम प्रशिक्षणको मुल उद्देश्य याक्थुङ समुदायमा कमाउन,बचत गर्न र लगानी गर्न चेतनाको बिकास गर्दै जाने रहेको कुरा पहलकर्ता सुशील चेम्जोङले राख्नुभयो भने अन्त्यमा प्रशिक्षक दिपेन्द्र लोवाद्वारा सम्पुर्ण याक्थुङ्बा समुदायमा एक अर्कामा हातेमालो गर्दै शेयर बजार सम्बन्धि ज्ञान पुर्याउनु पर्ने बिचार राख्दै समापन भएको थियो।
घनेन्द्र माबो /याङवरक फोकस
Discussion about this post