पुष १३, याङ्वरकफोकस / प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले आज अदालतमा प्रधानमन्त्री ओली विरुद्ध रिट दायर गरेको हो ।
अदालतमा प्रधानमन्त्री ओलीले गरेको मन्त्रिपरिषद् विस्तार बदरको माग र मन्त्रिपरिषद् विस्तार तथा पुनर्गठन संविधान विपरित रहेको दावी गरि रिट दायर गरेका छन् ।
अधिवक्ता लोकेन्द्र ओलीले आफूहरुले रिट दायर गरेको र पर्सी १५ गते पेसी तोकिएको बताए ।
सरकार कामचलाउ अवस्थामा बनेपछि ओलीले १० पुषमा मन्त्रिपरिषद् विस्तार गरेका थिए ।
Discussion about this post