पुष १३, याङ्वरकफोकस / प्रदेश-१ मा पछिल्लो २४ घण्टामा थप ६४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा प्रदेश नम्बर १ को झापामा १७ जना, मोरङमा २८ जना, सुनसरीमा ११ जना, संखुवासभामा ३ जना, उदयपुरमा १ जना र प्रदेश १ बाहिरका ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यस संगै नेपालमा पछिल्लो २४ घण्टामा ६५९ जनामा कोरोना संक्रमण देखिएको र ७१८ जना कोरोना संक्रमण मुक्त भएको भनी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । साथै थप सात जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post