पुष १३, याङ्वरकफोकस / ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा मन्दिर) क्षेत्रमा लागेको आगो नियन्त्रण गर्नका लागि हेलिकोप्टरबाट पानी छर्किएको छ । आगो मन्दिर क्षेत्र नजिकै पुगेपछि आज सिम्रिक एयरको हेलिकोप्टरबाट आगो नियन्त्रणमा लिने प्रयास गरिएको हो ।
आइतबार साँझ नियन्त्रणमा आयो भनेर छोडिएको आगो सोमबारमुक्कुमलुङ (पाथीभरा) क्षेत्रमा लागेको आगो हेलिकप्टरबाट नियन्त्रण लिने प्रयास (भिडियो सहित) बिहानै फेरि देखिएकोले हेलिकप्टरबाट आगो नियन्त्रण गर्नु परेको पाथीभरा क्षेत्रविकास समितिका कार्यकारी निर्देशक मानमनी काफ्लेले बताए ।
काफ्लेका अनुसार सिम्बु सामुदायिक बनमा तीन दिन अघि देखि आगलागी भई मन्दिर आसपास आगो आइपुग्न लागेको र मन्दिर क्षेत्रमा पानी पुर्याउँन गार्हो भएकोले हेलिकोप्टरबाट पानी छर्किएको हो ।
नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीसहित स्थानीयले आगो नियन्त्रणमा लिन प्रयास गरेको र मन्दिरमा आगोले केही असर नगरेको काफ्ले जनाए ।
भिडियोमा
Discussion about this post