पुष १३, याङ्वरकफोकस / संसद् विघटनको विरोध गर्दै नेकपा (प्रचण्ड-नेपाल) पक्षका निकट युवा र विद्यार्थी संगठनले भक्तपुरमा मसाल जुलुस गरेका छन् । आज भक्तपुरको बाराहीस्थानबाट निकालेको मसाल जुलुस राममन्दिर हुँदै नेकपाको पार्टी कार्यालय अगाडि पुगेर समापन गरिएको थियो ।
समापन कार्यक्रमा युवा संघका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा ‘दिपशिखा’, युवा संघका नेता दिपक थापा, भक्तपुरका अध्यक्ष दिनेश थपलियालगायतले सम्बोधन गरेका थिए ।
सरकारले यही पुष ५ गते प्रतिनिधिसभा विघटन गरेपछि नेकपा (प्रचण्ड-नेपाल) पक्ष सडक सङ्घर्षमा उत्रिएको हो ।
Discussion about this post