पुष १४, याङ्वरकफोकस / झापाको शिवसताक्षी नगरपालिका-१० मा ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु भएको छ । आज बिहान रातीको १ बजे पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले को २ च १५८२ नम्बरको पिकअप चालक, केरावारी गाऊँपालिका-८ मोरङका ४६ बर्षीय भोजराज आचार्यको मृत्यु भएको छ ।
पिकअप पार्किङ गरि शौचालय गएर फर्कदै गरेका आचार्यलाई ट्रकले ठक्कर दिदा गम्भीर घाईते भएको र बिर्तामोडको बि.एण्ड.सी. अस्पतालमा उपचारको क्रममा आज बिहान पौने १० बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
Discussion about this post