पौष १४/ बजाजको आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले डोमिनार २५० लाई आगामी पुष २५ गतेबाट नेपालमा विक्री सुरु गर्ने भएको छ । कम्पनीले आफ्नो डिलर नेटवर्कमा केहि दिन भित्रै डोमिनार प्लेसमेन्ट गर्ने तयारी गरिरहेको जनाएको छ ।
२५० सीसी सेग्मेन्टमा आउने यो मोटरसाइकलमा २४८.८ सीसी क्षमताको सिंगल सिलिण्डर, लिक्वीड कुल्ड, डिओएचसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८५०० आरपीएममा २७ पीएस पावर र ६५०० आरपीएममा २३.५ एनएम टर्क प्रदान गर्नेछ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ ।
बजाज डोमिनार २५० को मूल्य ४ लाख ८० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।
कम्पनीले बजाज डोमिनार २५० मा डोमिनार ४०० बाट धेरै फिचर समावेश गरेको छ । यसमा सबै लाइट एलइडी प्रयोग गरिएको छ । सानो विन्डस्कृन, मस्कुलर फ्यूल ट्याङ्क, फुल डिजिटल इन्ट्रुमेन्ट क्लस्टरको साथै फ्युल ट्याङककम अर्को सानो डिस्प्ले, इन्जिन कौल, सिग्नेचर एलइडी हेडल्याम्प दिइएको छ ।
ट्वीन व्यरेल एग्जस्ट, अलोय ह्वील, स्प्लीट सिट, सिटको मुनी लगेज ट्रयाप, युएडी फर्क, जस्ता मुख्य फिचर उपलब्ध हुने छ । यसका साथै यसमा स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर समेत उपलब्ध रहेको छ ।
Discussion about this post