Yangwarak Focus
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result
No Result
View All Result

पर्यटकीय स्थल हिलिहाङ दरबार, ईतिहास र बर्तमान

याङ्वरक फोकस याङ्वरक फोकस
१६ पुष २०७७, बिहीबार १८:३४
याङ्वरक विशेष, सांस्कृतिक
पर्यटकीय स्थल हिलिहाङ दरबार, ईतिहास र बर्तमान
  • माबोहाङ मोहन

१६-पौष, २०७७ । प्रदेश नम्बर १ को पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका र याङ्वारक गाउँपालिकाको संगम स्थलमा अवस्थित हिलिहाङ दरबार लोकप्रिय पर्यटकीय गन्तव्य स्थल हो । मेची राजमार्ग अन्तर्गत हिलिहाङ चोकबाट करिब साढे दुई किलोमिटर कच्ची सडक पार गरेपछि हिलिहाङ दरबार क्षेत्र पुगिन्छ । नेपाल एकीकरण हुनुपूर्व पल्लो किरातको नामले चिनिएको यस क्षेत्रमा थुप्रै राजा रजौटाहरु थिए । तीमध्ये हिलिहाङ योङहाङ् याङवरकको हस्तपुर (यक) गढीका शक्तिशाली तथा तत्कालीन लिम्बुवानका अन्तिम राजा थिए । वि.सं. १७८३ मा जन्मिएका हिलिहाङले १८१४ देखि १८४२ सालसम्म २८ वर्ष शासन गरे । हिलिहाङ दरबार उनै राजाको दरबार हो । गोरखाका राजा पृथ्वीनारायण शाहले स–साना राज्यमाथि आक्रमण गर्दै पूर्वी क्षेत्र याङ्वरक थुमको हस्तपुरगढीमा पुग्दा राजा हिलिहाङसँग १७ औं पटकसम्म युद्ध गर्दा पनि हारजित नभएपछि लिम्बुवानलाई स्वायत्त अधिकार दिने गरी गोरखा–लिम्बुवानबीच सम्झौता भएको थियो । सम्झौतामा हिलिहाङ योङहाङ र उनका सन्ततिले हस्तपुर याङ्वरक (यक)मा शासन गर्न पाउने, शाहवंशीय राजालाई दाजु र लिम्बुवानका राजालाई भाइ मान्ने, केन्द्रीय सरकार गोरखालाई मान्ने, सम्भावित सबैतिरका आक्रमणलाई दुवै पक्ष मिली परास्त गर्ने लगायतका बुदाहरुमा सहमति गरीएको थियो ।

धार्मिक, सास्कृतिक, ऐतिहसिक र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको हिलिहाङ दरवार निकै लामो समयसम्म जीर्ण बनेको थियो । समुन्द्र सतहवाट करिव १ हजार ९ सय मिटर उच्चाईमा करिब १३ सय रोपनीको क्षेत्रफल फैलिएको यस दरबारमा अहिले संरक्षणको कार्य भई रहेको छ । पुरातात्विक सम्पदाहरूको भग्नावशेष संरक्षण, जिर्णोद्वार, दरबार क्षेत्र पुग्ने कच्ची सडकसँगै हिलिहाङ खेलमैदान र राजाको शालिक निर्माण भएका छन् । यस्तै, दरबार क्षेत्रमै राजा हिलिहाङले प्रयोग गरेका हातहतियारसँगै अन्य महत्त्वपूर्ण सामग्रीहरू संग्रह गर्न संग्रहालयलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । संग्रहालयमा तोप, ढाल, तरबार, निशान, राजाको कन्तुर, हिलिहाङ झण्डा लगायत सामग्रीहरूका साथै विभिन्न जातजाति, भाषाभाषीका मैलिक सामग्रीहरु राखिने भएको छ । निर्माण कार्य जारी रहेता पनि दिनप्रतिदिन दरबार अवलोकन गर्न आउनेको संख्या बढ्दै गईरहेको छ । 

हिलिहाङ दरवार परिसरबाट चोमोलुङ(कञ्चनजंघा) र फक्ताङलुङ(कुम्भकर्ण) हिमाल र मुक्कुमलुङ (पाथीभरा मन्दिर) लगायत पाँचथर, ताप्लेजुङ र तेहथुम जिल्लाका थुप्रै रमरणीय स्थलको दृश्यावलोकन पनि गर्न सकिन्छ । त्यसका साथै दरबार आसपासका क्षेत्रमा पर्यटकीय स्थानहरु कालोपानि, आगेजुङ गुम्बा, जोरपोखरी, आगेजोङ किरात हाङसाम माङहिम, गोपेश्वर महादेव मन्दिर, कृश्चियन धर्मावलम्बीहरुको चर्च गरी दर्जनौं घुम्न लायकका अत्यन्तै रमणीय पर्यटकीय स्थलहरुको पनि भ्रमण गर्न सकिन्छ । मेची राजमार्ग अन्तर्गत पाँचथरको सदरमुकाम फिदिम हुदै ताप्लेजुङ जाने गाडी चढेर नाँगीको हिलिहाङ चोकमा उत्रे पछि करिब आधा घण्टाको पैदल यात्रा हिडेर हिलिहाङ दरबार पुगिन्छ । करिव ६ सय वर्ष अगाडी दरवार निर्माण गर्न तिब्बतबाट ल्याईएका इटा र युद्धमा प्रयोग गरिएका हतियार समेत रहेको यस स्थल पर्यटकीय संगै पुरातात्विक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ ।तपाईले पनि हिलिहाङ दरबर र आसपसका पर्यटकिय स्थलहरुको भ्रमण अवलोकन गरेर त्यहाँको सुन्दर प्राकृतिक हिमाली स्वच्छ हावापानीको भरपुर आनन्द लिनु सक्नुहुनेछ ।

सम्बन्धित खबरहरु

`सुनौली रूपौली´को विमोचन सम्पन्न

`सुनौली रूपौली´को विमोचन सम्पन्न

१६ पुष २०७७, बिहीबार १८:३४
लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

लिम्बू भाषामाआधारित नाटक “सिमिक्वा” झापाको दमकमा मञ्चन हुने

१६ पुष २०७७, बिहीबार १८:३४
याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

याक्थुङ भाषाका साधक बीबी मुरिङ्ला अस्ताए

१६ पुष २०७७, बिहीबार १८:३४
याङवरकमा एमाले कांग्रेसको जुधाईमा ससस्त्रको राम धुलाई किन भयो गुमनाम

याङवरकमा एमाले कांग्रेसको जुधाईमा ससस्त्रको राम धुलाई किन भयो गुमनाम

१६ पुष २०७७, बिहीबार १८:३४
लिम्बू साँस्कृतिक परिषद काठमाडौको दोश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा चोङ्बाङ चयन

लिम्बू साँस्कृतिक परिषद काठमाडौको दोश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा चोङ्बाङ चयन

१६ पुष २०७७, बिहीबार १८:३४
सनातन हिन्दुधर्मालम्बीहरूको महाशिवरात्रि पर्व, पशुपतिमा भक्तजनको घुइँचो(फोटो फिचर)

सनातन हिन्दुधर्मालम्बीहरूको महाशिवरात्रि पर्व, पशुपतिमा भक्तजनको घुइँचो(फोटो फिचर)

१६ पुष २०७७, बिहीबार १८:३४

Discussion about this post

याङवरक मिडिया प्रा.लि.
याङवरक 4 थर्पु बजार
सम्पर्क: 9813000223
विज्ञापनका लागि : 9849837635
ईमेल: [email protected]

हाम्रो समूह

संरक्षक
घनेन्द्र माबो
सन्चालक 
बालन्द माबो
प्रधान सम्पादक 
दिल कुमार लिम्बू
सम्पादक 
सुमन सहयात्री योङ्हाङ
ब्यबस्थापक
अमिर माबो /विशाल बेघा

महत्वपूर्ण लिङ्कहरु

लिङ्कहरु

  • 1
  • Bookkeeping
  • Forex Trading
  • Mail order bride
  • slots
  • Software development
  • Uncategorized
  • Video
  • Финтех
  • Форекс партнерская программа
  • अटो
  • अपराध
  • अर्थ
  • कला/साहित्य
  • कृषि
  • खेलकुद
  • दुर्घटना
  • देश
  • पर्यटन
  • प्रविधि
  • ब्याक्तित्व
  • मनोरञ्जन
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • रिपोर्ट
  • विचार
  • विदेश
  • शिक्षा
  • साताको तस्बिर
  • सांस्कृतिक
  • सुरक्षा
  • स्वास्थ्य

© 2018 - 2021 Yangwarak Focus - Designed by: MPG Solution.

  • Free Online Slot Games
  • Home
  • Single Post
  • Yangwarak Focus

  • गृहपृष्ठ
  • मुख्य खबर
  • याङ्वरक विशेष
  • राजनीति
  • देश
  • विदेश
  • अर्थ
  • कृषि
  • पर्यटन
  • खेलकुद
  • कला/साहित्य
  • मनोरञ्जन
  • Video
No Result
View All Result

© 2022 Yangwarak Focus - Designed by MPG Solution.