पुष १६, याङ्वरकफोकस / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले १५ जना सांसदलाई तीन महिनाका लागि निलम्बन गरेका छन् । राईले आफूविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका ३७ जना मध्ये १९ जनालाई मात्र स्पष्टीकरण सोधिएको थियो ।
मुख्यमन्त्री राईले स्पष्टीकरण सोधिएका मध्ये चार जनाबाहेक १५ जनालाई तीन महिनाका लागि आज निलम्बन गरेको प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीले जानकारी दिए ।
सांसदहरु भीमप्रसाद आचार्य, जीवन घिमिरे, इन्द्रबहादुर आङ्बो, विजयकुमार विश्वास, सावित्राकुमारी रेग्मी, उपेन्द्र घिमिरे, लिलावल्लभ अधिकारी, राजेन्द्रकुमार राई, यशोधा अधिकारी, लछुमन तिवारी, मोहनकुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबुहाङ र कुसुमकुमारी श्रेष्ठ निलम्बन भएका छन् ।
सांसदहरु तुलसीप्रसाद न्यौपाने, उषाकला राई, झलकवहादुर मगर र रामकुमार राईले मौखिक जवाफ दिएकोले उनीहरूलाई कारबाही नगरिएको सचेतक भण्डारीले बताएका छन् ।
Discussion about this post